नेपालगन्ज÷(बाँके) । “सेवा नै धर्म हो” भन्ने मूल नाराक साथ गौरव स्मृति तथा वीयोर सेल्फ फाउण्डेशनको आयोजनामा पौष १३ गते भएको रक्तदान कार्यक्रममा १२ महिला र ८९ पुरुष गरी १०१ जनाले रक्तदान गरेका छन् । फाउन्डेशनका उपाध्यक्ष करण शाहद्वारा सञ्चालित कार्यक्रममा फाउन्डेशनका अध्यक्ष मधु शाहको अध्यक्षमा सम्पन्न कार्यक्रममा नेपालगन्ज उप–महानगरपालिकाका मेयर तथा कार्यक्रमका प्रमुख अतिथि […]
काठमाडौं । गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर आज तमु ल्होसार पर्व मनाउँदैछन् । ल्हो को अर्थ ‘वर्ष’ र ‘सार’को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । तमु ल्होसारलाई गुरुङ समुदायले नयाँ वर्षका रूपमा भव्य रुपमा मनाउँछन् । तमु ल्होसार पर्व सूर्यको किरणसँग सम्बन्धित छ । गुरुङ […]
नेपालगन्जमा पार्श्वसंगीत सहित कविता प्रस्तुति हुने भएको छ। कवि बीपी अस्तुका एक दर्जनबढी कविताहरू प्रस्तुत गरिने उक्त कार्यक्रम पुस १९ गते शनिबार अन्तरालले आयोजना गर्दैछ । प्रभावकारी र एकाग्रतापूर्ण वातावरणमा कविता प्रस्तुतिले कार्यक्रमलाई स्मरणीय बनाउने गरी तयारी भैरहेको अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाहले जानकारी दिए । नेपालगन्ज सुर्खेत रोडस्थित वेष्टर्न मलमा रहेको अन्तराल हलमा हुने […]